बाछिटा’ वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा प्रथम
काठमाडौं।चलचित्र विकास बोर्डद्वारा आयोजित ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता–२०८२’ मा लघु चलचित्र ‘बाछिटा’ ले प्रथम स्थान हासिल गरेको छ। प्रतियोगितामा उत्कृष्ट ठहरिँदै चलचित्रले राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको हो।
चलचित्रका निर्देशक कमल एकचाई मगर ले यस सफलताका लागि निर्णायक मण्डल, चलचित्र विकास बोर्ड तथा सम्पूर्ण ‘बाछिटा’ टिमप्रति आभार व्यक्त गरेका छन्। उनले यो उपलब्धि चलचित्र निर्माणमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने सबैको साझा सफलता भएको बताएका छन्।



![]()
बाछिटा’ यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सवमा छनोट तथा सम्मानित भइसकेको चलचित्र हो। सार्वजनिक पोस्टरअनुसार यसले चलचित्र विकास बोर्डको प्रतियोगितामा प्रथम पुरस्कार सहित अन्य अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि आधिकारिक छनोट र उत्कृष्ट लघु चलचित्रको सम्मान प्राप्त गरेको छ।
निर्माण टोलीले ‘बाछिटा’ को सफलताले नेपाली लघु चलचित्र क्षेत्रलाई थप ऊर्जा र सिर्जनात्मक प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।













