प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औँ समूहको दीक्षान्त समारोह सम्पन्न – Sagarmathapana:: Online News Portal

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औँ समूहको दीक्षान्त समारोह सम्पन्न

   २०८३ असार १६ गते  

काठमाडौं।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (National Police Academy) मा सञ्चालन भएको ‘प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औँ समूह’को दीक्षान्त समारोह सम्पन्न भएको छ ।

२०८३/०३/१६ गते आयोजित समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाहको प्रमुख आतिथ्यता रहेको थियो ।

समारोहमा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी अधिकृतहरूलाई दीक्षित गरिएको थियो । कार्यक्रममा प्रहरी सेवामा प्राविधिक दक्षता, अनुशासन र जिम्मेवारीपूर्वक कार्यसम्पादनको महत्वमाथि जोड दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै