झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक, आमाको ममता र वृद्धाश्रमको पीडा उजागर – Sagarmathapana:: Online News Portal

झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक, आमाको ममता र वृद्धाश्रमको पीडा उजागर

   २०८३ असार १६ गते  

काठमाडौं।आगामी असोज २ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ ले आफ्नो पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गर्दै प्रचार अभियानलाई औपचारिक रूपमा अघि बढाएको छ।

सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनार को सुमधुर स्वर, डा. कृष्णहरि बराल को भावपूर्ण शब्द तथा अर्जुन पोखरेल को संगीत रहेको छ। गीतले आमाको ममता, त्याग, सम्मान र वृद्धाश्रममा बस्न बाध्य भएका आमाबुबाको पीडादायी यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। साथै, यसले चलचित्रको मुख्य कथावस्तुको भावनात्मक पक्षसमेत उजागर गर्छ।

गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष भूमिकामा देखिएका छन्। साथै चलचित्रका प्रमुख कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंह को समेत आकर्षक उपस्थितिले गीतलाई थप प्रभावशाली बनाएको छ।

कपनगढी सिनेमा र फिल्म क्रु नेपाल को प्रस्तुतिमा निर्माण भएको ‘झिंगे दाउ २’ ले पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र भावनात्मक कथावस्तुलाई समेट्दै दर्शकमाझ विशेष अपेक्षा जगाएको निर्माण पक्षले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै