सासु–बुहारी लागूऔषध कारोबारमा पक्राउ, इटहरीबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद – Sagarmathapana:: Online News Portal

सासु–बुहारी लागूऔषध कारोबारमा पक्राउ, इटहरीबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद

   २०८३ असार ८ गते  

काठमाडौं।सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकलीमा प्रहरीले ठूलो परिमाणमा ब्राउन सुगरसहित सासु–बुहारीलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ७० वर्षीया सरातुन खातुन र उनकी २० वर्षीया बुहारी सेविका सरदारलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार सरातुन खातुनको घरबाट लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो।

छापाका क्रममा घरबाट ठूलो परिमाणमा ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप विवरण संकलन तथा लागूऔषध कारोबारमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान जारी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै