आई एम जितबहादुर’को भव्य प्रिमियर, कलाकार र निर्देशकले गरे खुलेर प्रशंसा – Sagarmathapana:: Online News Portal

आई एम जितबहादुर’को भव्य प्रिमियर, कलाकार र निर्देशकले गरे खुलेर प्रशंसा

   २०८३ असार ४ गते  

काठमाडौं।हास्य कलाकार तथा अभिनेता जितु नेपाल (मुन्द्रे) अभिनित चलचित्र ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शनअघि बुधबार काठमाडौंमा चलचित्रको भव्य ग्राण्ड प्रिमियर सम्पन्न गरिएको छ।

प्रिमियर समारोहमा चलचित्र क्षेत्रका अग्रज तथा चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, निर्देशक तुलसी घिमिरे, अभिनेत्री केकी अधिकारी, अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्देशक दीपा श्री निरौला, कलाकार राजाराम पौडेल, हास्य कलाकार मनोज गजुरेल, कलाकार नारद खतिवडा, निर्देशक नरेश पौडेल, कलाकार महेश त्रिपाठी,निर्माता नविन श्रेष्ठ,निर्देशक कपिल रिजाल,कलाकार सीतादेवी तिमल्सिना,निर्माता सुमन गिरी,गायक हेमन्त शर्मा, शिव परियार, लोकगायक रामप्रसाद खनाल, अभिनेता जयकिशन बस्नेत, संजोग कोइराला, आयुष्मान देशराज जोशी, ‘कमेडी च्याम्पियन’का प्रभात लामा, भारती घिमिरे, चलचित्रका कलाकार तथा प्राविधिक टोली र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



प्रिमियरपछि अधिकांश चलचित्रकर्मीहरूले फिल्मको कथा, प्रस्तुति र विशेषगरी जितु नेपालको अभिनयको खुलेर प्रशंसा गरेका छन्। चलचित्रले कलाकार बन्ने सपना बोकेको एक सामान्य व्यक्तिको संघर्ष, मेहनत र सफलताको यात्रालाई भावनात्मक तथा मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दर्शकहरूले दिएका छन्।

चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ।

सुभेन्दु घोष निर्देशित चलचित्रका निर्माता जितु नेपाल हुन्। सह-निर्मातामा राजन सिम्खडा र दिपेन्द्र अधिकारी रहेका छन् भने निश्चल कुँवर र निरज नेपाल कार्यकारी निर्माताका रूपमा रहेका छन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ भने वितरणको जिम्मेवारी आरआर फिल्म्सले सम्हालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै