काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिसको विजयी शुरुवात – Sagarmathapana:: Online News Portal

काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा पुलिसको विजयी शुरुवात

   २०८१ भाद्र ३१ गते  

काठमाण्डौ – काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ ।                                     पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले २५–१९, २७–२५ र २५– १९ ले जितेको हो । नेपालको लिगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनसिपमा खेल्न पाएकाे हाे ।

अब पुलिस क्लबले भोलि श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ । तेश्रो खेलमा पर्सि मङ्गलवार ताजकिस्तानको क्लब र चौंथो तथा समूह चरणको अन्तिम खेलमा बिहिवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै