धरानमा श्रम संस्कृति पार्टीमा ठूलो विवाद: निना राईसहित १०२ जनाद्वारा पार्टी परित्याग
धरान- श्रम संस्कृति पार्टीभित्र नेतृत्वको निर्णयप्रति असन्तुष्टि चुलिँदै जाँदा केन्द्रीय सदस्य निना राईसहित १०२ जना नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले बारम्बार आफैँ सम्पर्क गरेर “पार्टीमा आउनुस्, धरान उपमहानगरको नेतृत्व जिम्मा दिन्छु” भन्दै आग्रह गरे पनि पछि मेयरको टिकट अरूलाई दिएको भन्दै उनीहरूले धोका भएको आरोप लगाउँदै पार्टी छाडेको जनाएका छन्


पार्टीभित्र देखिएको असन्तोषका कारण संगठनात्मक एकता कमजोर बन्दै गएको टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन्। नेताहरूले नेतृत्वले गरेको निर्णय पारदर्शी नभएको र आन्तरिक सहमति विपरीत टिकट वितरण गरिएको आरोप समेत लगाएका छन्।
यस घटनाले आगामी स्थानीय तथा राष्ट्रिय राजनीतिक समीकरणमा श्रम संस्कृति पार्टीभित्र थप असर पार्ने अनुमान गरिएको छ।
पार्टीले भने अहिलेसम्म यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।













