पहिलो पटक आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’ विशेष प्रदर्शन पायो चर्चा – Sagarmathapana:: Online News Portal

पहिलो पटक आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’ विशेष प्रदर्शन पायो चर्चा

   २०८१ भाद्र ३० गते  

काठमाडौं। नेपाली चलचित्र इतिहासमा पहिलो पटक पूर्ण रूपमा आइफोनबाट खिचिएको चलचित्र ‘अ प्लेस अन्डर द सन’ विशेष प्रदर्शन गरिएको छ। शुक्रवार साँझ सुनधारामा रहेको सिडिसी सिनेमा हलमा आयोजना गरिएको विशेष स्क्रिनिङ कार्यक्रममा उज्ज्वल मल्ल, शैलेन्द्र कार्की, राज कुमार, सुदीप भूपाल थापा लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

निर्देशक जेसन लोप्चनले यसको निर्माण र यसमा गरिएको प्राविधिक प्रयोगका बारेमा संक्षिप्त जानकारी दिएका थिए। चलचित्र ‘अ प्लेस अन्डर द सन’ आइफोनबाट खिचिएको भए तापनि यसको सिनेम्याटोग्राफी, सम्पादन र निर्देशनको गुणस्तरलाई लिएर चर्चा भइरहेको छ। चलचित्र हेरेपछि प्राप्त प्रतिक्रियामा दृश्य र कथा प्रस्तुतिमा कुनै कमी महसुस नगरिएको बताइएको छ। निर्देशक लोप्चनले चलचित्रलाई एक रोमान्टिक र स्टाइलिश कथा बुनाइमा प्रस्तुत गरेको चलचित्र हेर्नेहरूले बताए।

यो चलचित्र थोरै बजेटमा बनेको भए पनि यसले नेपाली चलचित्र क्षेत्रमा नयाँ प्राविधिक प्रयोगको उदाहरण प्रस्तुत गरेको छ। निर्देशक र प्राविधिक टोलीले आइफोन जस्तो स्मार्टफोनको प्रयोगमार्फत सिनेम्याटोग्राफी र चलचित्र निर्माणमा नयाँ सम्भावनाको ढोका खोलिदिएका छन्। ‘अ प्लेस अन्डर द सन’ छिट्टै औपचारिक रूपमा प्रदर्शनमा आउने तयारी भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै