कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी सम्पन्न, सडक सुरक्षा र प्रविधि प्रयोगमा जोड – Sagarmathapana:: Online News Portal

कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी सम्पन्न, सडक सुरक्षा र प्रविधि प्रयोगमा जोड

   २०८३ जेष्ठ १४ गते  

इटहरी (सुनसरी)।कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित “कोशी प्रदेश ट्राफिक व्यवस्थापन प्रादेशिक गोष्ठी २०८३” सम्पन्न भएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय, Biratnagar ले आयोजना गरेको एकदिने गोष्ठीको उद्घाटन सुनसरीको Itahari–४ स्थित दुर्गा पार्टी प्यालेसमा प्रहरी नायव महानिरीक्षक Vinod Ghimire को प्रमुख आतिथ्यतामा भएको हो।


कार्यक्रममा ट्राफिक व्यवस्थापनमा देखिएका चुनौती, सडक सुरक्षा तथा प्रविधिमैत्री समाधानका विषयमा विस्तृत छलफल गरिएको थियो। इन्जिनियर विवेक सिंहले आधुनिक प्रविधिको प्रयोगमार्फत ट्राफिक व्यवस्थापन सुधार गर्ने उपायबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

प्रमुख अतिथि Vinod Ghimire ले लागूऔषध नियन्त्रण प्रदेशकै प्रमुख चुनौती बनेको उल्लेख गर्दै विराटनगरबाट सुरु गरिएको अभियान १४ वटै जिल्लामा विस्तार गरिने बताउनुभयो। उहाँले ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

त्यस्तै, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक Bhuwaneshwar Tiwari ले सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै