गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीनजनाको मृत्यु – Sagarmathapana:: Online News Portal

गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीनजनाको मृत्यु

   २०८१ भाद्र २९ गते  

काठमाडौं । काठमाडौंदेखि पूर्वी रुकुम तर्फ गइरहेको सरकारी जिप मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीनजनाको मृत्यु भएको छ ।           आज बिहान भएको दुर्घटनामा बुढाकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको हो ।

घटनामा गलकोट नगरपालिका वडा नं २ को भुंखानीमा रा १ झ २०० नम्बरको पिकअप सडकदेखि ३ सय मिटर तल खसेको थियो । जनप्रतिनिधिसहित पुगेको प्रहरीले तत्काल उद्धार गरेर घाइतेलाई उपचारमा पठाएको प्रहरी निरीक्षक प्रताप पौडेलले बताउनुभयो ।

घटनामा गम्भीर घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ । लामो यात्रा र रातभर गाडी चलाउँदा चालक थकित भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीको भनाई छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै