रा.स्व.पा. ले वागमती प्रदेश विस्तारित बैठक सम्पन्न गरेको छ – Sagarmathapana:: Online News Portal

रा.स्व.पा. ले वागमती प्रदेश विस्तारित बैठक सम्पन्न गरेको छ

   २०८१ भाद्र १९ गते  

पार्टीका केन्द्रीय सभापति, केन्द्रीय सदस्यहरू, प्रदेश सभापति, प्रदेश सदस्यहरू, जिल्ला पदाधिकारी, निर्वाचन क्षेत्रिय समिति सदस्यहरू, पालिका पदाधिकारी , वडा सदस्यहरू आदि उपस्थित भइ बागमती प्रदेशको विस्तारित बैठक सम्पनन गरेको छ ।

कार्यक्रममा रविलामिछानेले सम्वोधनका क्रममा आफू पारीका लागि मरिहत्ते गरि लागि परेको र सबै सदस्यलाई त्यसै गरि लाग्न आग्रह गरे । आगमी असोज १ र २ गते हुने राष्ट्रिय भेलामापार्टीले नयाँ बाटो पहिल्याउने विश्वास ब्यक्त गरेका थिए ।

सबै उपस्थित केन्द्रीय सदस्य तथा संसदहरूले रा.स्व.पा. फुटेकोहैन जुटेको हो र कोही १/२ जना बसबाट झरदैमा बस खली नहुने बरु अरु चढ्दै जाने भन्दै पार्टी बलियो बनाउँदै लैजाने प्रतिवद्धता ब्यक्त गरे।

उपस्थित सदस्यहरूको जिज्ञासाको समाधान रवि लामिछानेले गरेपछि कार्यक्म सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै