कथाका पात्र काले तामांग बर्षौ पछिघर पर्कदा आज दन्दकालमा हराएका मेरो काका पनि कतै मुत्यु नभएर मुग्लान भासिनु पो भा छ कि! – Sagarmathapana:: Online News Portal

कथाका पात्र काले तामांग बर्षौ पछिघर पर्कदा आज दन्दकालमा हराएका मेरो काका पनि कतै मुत्यु नभएर मुग्लान भासिनु पो भा छ कि!

   २०८१ भाद्र १५ गते  

Sagun Subba Bantawa-  कथाका पात्र काले तामांग बर्षौ पछि घर पर्कदा आज कता कता त्यो दन्दकालमा हराएका मेरो काका पनि कतै मुत्यु नभएर त्यो ज्यान लाई बचाउन मुग्लान तिर पो भासिनु पो भा छ कि जस्तो लाग्छ!                                             #हेर्ने कथा युटुबमा आएको १ घन्टा नबित्दै मैले हेरेकी थिए अनी मेरा मनमा नी हरेक प्रस्न अनी त्यो बालपनमा घटेका घट्नाले मन कता कता चसक्क भएर आयो अनि म पनी मेरो मोबाईलको डायरीमा जानी नजानी लेख्न थाले तर पोष्ट गर्न भने आटै आएन फेरी सोचे के हुन्छ र यो काल्पनिक पनि त होईन पोष्ट गर्नलाई भन्दै सम्झिए सबै लेखन शैली शब्द मिल्नु पर्छ जस्तो लागेन जे जती यथार्थ हो जस्ताको तस्तै लेख्ने कोसिस् गर्दैछु।                                                                          भोलीका दिनमा सम्झना हुनेछ भनेर सोचे अनी पोष्ट ढिलै भएनी गरिरहेकोछु!हेर्ने कथाका पात्र काले तामांग बर्षौ पछि घर पर्कदा आज कता कता त्यो दन्दकालमा हराएका मेरो काका पनि कतै मुत्यु नभएर त्यो ज्यान लाई बचाउन मुग्लान तिर पो भासिनु पो भा छ कि जस्तो लाग्छ! तर त्यो एउटा मेरो काल्पनिक भ्रम मात्र हो।                                        कास.. मैले सोचे जस्तो भईदिएको भए आज त्यो मेरी तिन वर्षेकी बैनी अनी त्यो जवानीमै मेरी काकीले त्यो हराएका सपनाहरु फेरी फिर्ता त मिल्ने थियो।आज भन्दा करिब २०,२२वर्ष अगाडी को कुरा हो मेरो बाबा हरु चार भाई रे तर मैले देख्दा र जान्दा चाहि तिन भाई हुनुहुन्थियो।                                                                                            बाबाको कान्छा भाई सानैमा नै बित्नु भा रे मेरो बाबा चाहि माईला हुनुहुन्छ उहाको एक दाजु अनी एक भाई हुनुहुन्थ्यो। भाई यानिकी हाम्रो काका एक दमै पढीलेखेको टाठो बाठो हुनुहुन्थियो उहाले असाध्यौ हामिलाई माया गर्नु हुन्थ्यो कहि कतौ जानुहुदा खेरी हामिलाई मिठा मिठा खानेकुरा ल्याईदिनु हुन्थ्यो।माया सगै तर गल्ती गर्यो कि सजाय नी दर्ह्रै दिनुहुन्थ्यो।समय बित्दै गयो काका ले काकी बिहे गर्नु भयो त्यस पछि केहि वर्षमा बैनी जन्मियो म मेरो घरको सबै भन्दा सानो भएकोले गर्दा भाई बहिनी एकदमै मन पर्ने काकीले बहिनी पाएदिनु भएकोले म हर्षले गद् गद् थिए।मेरो प्राय छुट्टीको समय काकी काका को घरमा बैनी सॅंगै बित्थ्यो।समय बित्दै थियो काका राजनितिज्ञ मा निक्कै अब्बल हुनुहुन्थियो जस्तो लाग्छ।काका त्यो समय मैले बुझ्दा र जान्दा नेकपा एमाले भन्ने पाटीमा हिड्नु हुन्थियो मेरो काकाले ठुला ठुला नेता चिन्नु हुन्थियो कती नेताहरु काका घरमा समेत आउनु भा थियो।                                                        तर को को नेता भनेर नाम चाहि थाहा भएन ठुलो नेता आउनु भा रे भनेर गाउको सबै मान्छे हरु भेला भएको कता कता सपना झै लाग्छ।काकालाई प्राय सबैले चिन्नु हुन्थ्यो।बाबाको नाम भन्दा पनि काकाको नाम ले हामिलाई फलनाको भतिज भतिजी भन्दा सबैले चिन्ने गर्थ्यो हामी पनि परिचय दिदा प्राय काका को नाम जोड्ने गर्थ्यौ।समय बित्दै थियो अनी यस्तो समय आयो।माओबादी पुलीस हुन्छरे भनेको सुन्थे कस्तो होला पुलीस माओबादी भनेर सोच्थे तर केहि समय नबित्दै घर गाउमा छ्यापछ्यप्ती देखिन थाल्यो म सानो भएकोले डरले देख्ने बितिकै घर भित्र लुक्थे तर कति दिन लुक्ने भाग्ने र बिस्तारै बानी पर्दै गयो डरहरु हराउदै जान थाले त्यसको केहि दिन देखी हाम्रो काका पनि माओवादीमा हिढ्न थाल्नु भएछ बिस्तारै थाहा भयो।बिडम्बना माओबादीमा हिडेको केहि साल नबित्दै काका को खबर रेडियो नेपालमा समाचार आयो त्यो मुत्युको समाचार मेरो बाबा अहिले जस्तो लाग्छ डाको छोडेर रुनुभएको यस्तो समय थियोकी आफ्नै मान्छेको मुत्युमा नी हेरन भेट्न पाईन्दैन थियो त्यस ठाउमा जाने सम्भव थिएन त्यहा जो जान्थ्यो उसको त्यहि हालत हुन्थ्यो त्यो रेडियोको खबर विस्वाश गर्नु बाहेक केहि औचित्य थिएन। कुरा हरु सम्झिन्दा र लेखिरहदा मलाई अझै भक्कानिएर रुन मन लागेर आउछ।मेरो बाबा आफ्नै जन्म दिने आमाको मुत्यु मा पनि यसरी रुएको देखिन मन मनै रुनु भयो होला सायत धेरै सानो म भएकोले एकादेसको कथा जस्तै लाग्छ।                                                                                        उफ…कसरी सम्झौउ ती पुराना दिन जुन समय त्यो मेरो सानी बहिनी ले भर्खर बाबा सॅंग खेल्न रमाउन नपाई खुशी लुटियो अनी मेरी काकी को जवानी मै पुछ्छिएका सिन्दुर पुच्छियो जुन दिन सिदुर पुछियो त्यहि दिन बाट नै मेरी काकी पनी काकाको बियोक सॅंग सॅंगै राष्ट सेवक भएर काका हिड्नु भएको बाटमा फेरि त्यो सानी मेरो बैनीलाई आफ्नो दिदि को हातमा जिम्मा लगाएर काकाको बद्लिमा हिड्न थाल्नुभयो।त्यस समय एकदमै धेरै द्दन्द मच्चिएको थियो कति डर थियो परिवारलाई बा..काकीलाई के पो हुनेहोकी भनेर… अनि त्यो सानी तोते बोल्दै गरेको मेरी बैनीले न आमाको माया पाईन् न त बाबा को माया🥹त्यस पछी मेरी बैनीलाई ठुलीमाले सानै बाट हेरचाहार गरेर ठुली बनाउनु भयो मेरी काकी देश र जनता लागी भनेर धेरै वर्ष राष्ट सेवक भएर हिड्नु भयो जब यूद्द बिराम भयो।देशमा सान्ती आयो त्यस पछि अहिले काकी आफ्नो घर फर्कनु भएको छ।अनी फेरी छोरीलाई सम्हालेर बस्नु भएको छ। .                                                                                             त्यो मेरो द्दन्दकालमा हराउनु भएको मेरो काका हजुर जहा हुनुहुन्छ सधै खुशी रहनु होला हामि सधै सम्झिरहने छौ हजुरलाई।बैनी पनी ठुली भईन् उसलाई त थाहा पनि छैन होला यो सबै घट्नाहरु सायद…. !अब त उनी पनी ठुली भईसकेकी छिन् उनी एकदमै ज्ञानी छिन् उनी अहिले पढ्दैछिन् भोली गएर उनी पनी ठुलो मान्छे पक्कै हुनेछिन् र हुनुपर्छ है बैनी मेरो शुभकामना आशिर्वाद र दुख सुखमा साथ सपोट नी दिनेछु तिमीलाई🥰🥰

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै