दम्दाङ सामुदायिक वनको गतिविधिप्रति कार्यपालिका सदस्य जय बाउ भोटेको असन्तुष्टि – Sagarmathapana:: Online News Portal

दम्दाङ सामुदायिक वनको गतिविधिप्रति कार्यपालिका सदस्य जय बाउ भोटेको असन्तुष्टि

   २०८३ बैशाख १२ गते  

दम्दाङ्मा सामुदायिक वनको गतिविधिप्रति कार्यपालिका सदस्यको असन्तुष्टि

संखुवासभा (चिसेफायु दम्दाङ )।चीन सिमा जोडिएको ऐतिहासिक भुमि शिङ्सालिङ हालको भोटखोला गाउँपालिका २ स्थित दम्दाङमा सामुदायिक वनको वार्षिक साधारणसभाको विषयमा कार्यपालिका सदस्य जय बाउ भोटेले असन्तुष्टि व्यक्त गरेको छ ।

बैशाख ९ गते दम्दाङ (च्याम्ताङ) गाउँमा भएको साधारणसभाको क्रियाकलाप तथा प्रक्रिया अनुगमन अध्ययन गरेपछि भोटखोला गाउँपालिकाका सदस्य जय बाउले यस्तो असन्तुष्टि पोखिएको हो । उनले साधारणसभामा कार्यसमिति अध्यक्ष सचीव कोषाध्यक्षले पेश गर्नुपर्ने प्रतिवेदन समेत बिना तयारी सभा गरेको जानकारी दिए ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज ऐन नेपाल संविधान वन मन्त्रालयको कानुन कार्यविधि अनुसार दम्दाङमा सामुदायिक वन नचलेको बताए । जय बाउले समितिको सभा भैरहँदा मकालु बरुण राष्ट्रिय निकुञ्जको कर्मचारी इन्चार्ज समेत हुँदा अनुपस्थित भएको महसुस गर्दै फोन मार्फत जनकारी गराई बोलाएको दाबि गरे ।

समितिले बहन जिम्मेवारी गर्नुपर्ने नगरेको बताए । समितिले कानुन ऐन विधान अनुसार पुर्जि काट्नुपर्नेमा त्यसतो काम समेत नगरेको बताए । मकालु बरुण राष्ट्रिय निकुञ्जले यस अघि कटान भएको काठ जुन ठाउँमा काटिएको त्यहि ठाउँमा राखेर निर्देशन पालना नगरेको बताए । जुन काठ विभिन्न संघसंस्था विद्यालय स्वास्थ्य चौकिलाई दिएर आम्दानी बाँधिनुपर्नेमा त्यसो नगरेको भन्दै टेन्डर मार्फत उक्त काठ ल्याउन सुझाब दिए ।

सामुदायिक वनको पुर्जिवाट संकलित रोयल्टी स्थानीय उपभोक्तालाई सहुलियत व्याजदरमा लगानि गर्दै आएको छ । बैशाख ९ गतेको सभामा पुरानो समितिको अवधी पुगेपछि नयाँ कार्यसमिति चयन गर्नुपर्ने थियो । तर,विषयमा प्रवेश नहुँदा अबेरसम्म लम्बिएका थिए । कार्यसमितिको तयारी बैठक समेत नगरे समितिको सदस्यले गुनासो गरे । समितिमा पारदर्शिता रुपमा कुनै बैठक समेत नहुने कुरा नौजना समितिमा रहेका सदस्यहरुले गुनासो गरे ।

स्थानीयहरुले समितिले गर्नुपर्ने काम राम्रोसँग नगर्ने गरेको गुनासो गरे । एक वर्ष अघिको काम आलटाल गर्दै आएको गुनासो गरे । सभामा निकुन्जले दिएको निर्देशन तत्काल कार्यान्वयन गरेर काठ समितिको मातहतमा ल्याउन आवाज उठाए । गतसाल समेत समितिको कामकारबाहीमा असन्तुष्ट पोख्दै नयाँ समिति चयनको माग गरेका थिए । तर समयावधि रहेको भन्दै समिति चयन गर्न मानेका थिएन ।

किन नयाँ कार्यसमिति समिति चयन भएन?
नयाँ कार्यसमिति चयन गर्न आह्वान गरे पनि अघिल्लो कार्यसमितिले गर्नुपर्ने काम नगरेको भन्दै नयाँ समितिको दावेदारीले जिम्मा लिन मानेनन् । यस अघिको अबैध काठ ११४२ क्युफिट जंगलबाट समितिको मातहतमा ल्याउनुपर्ने अडान राखेका थिए । पुरानो समितिले यस विषयमा बैशाख १६ गतेसम्मको समय मागेका थिए । उक्त समय भित्र निकुञ्जले दिएको निर्देशन अनुसार काठ जम्मा गर्ने प्रतिबद्धता जाहेर गर्दै एक वर्ष भित्र संकलन भएको रोयल्टी लगानी गरिको पुनः सहुलियत व्याजमा लगानी भएको कुरा स्थानीय उपभोक्ताले जानकारी दिए ।
स्थानीय स्तरमा काठ प्रति क्युफिट अधिकतम एक हजार रुपैयामा बिक्रि हुने गरेको उपभोक्ताले बताए । यस हिसाबले अबैध कटान काठ ११४२ क्युफिटको अधिकतम ११ लाख ४२ हजार हुन आउछ । स्थानीयले भने अनुसार उक्त काठकोमा भ्रष्टाचार हुनसक्ने आशंका गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै