सुरज पौडेल र गायिका अनु चौधरीको “हावा चल्यो सिरिरी’ छिट्टै सार्वजनिक हुँदै – Sagarmathapana:: Online News Portal

सुरज पौडेल र गायिका अनु चौधरीको “हावा चल्यो सिरिरी’ छिट्टै सार्वजनिक हुँदै

   २०८३ बैशाख ५ गते  


काठमाडौं- ‘हावा चल्यो सिरिरी’ शीर्षकको नयाँ गीत छिट्टै सार्वजनिक हुने तयारीमा छ। गीतमा गायक सुरज पौडेल र गायिका अनु चौधरीको सुमधुर स्वर सुन्न पाइनेछ भने यसको शब्द प्रमोद ढुंगानाले तयार पारेका हुन्। संगीत तथा एरेन्ज मनोज चौलागाईंले गरेका छन्, जसले गीतलाई आधुनिक र मिठासपूर्ण बनाउने अपेक्षा गरिएको छ।


रेकर्डिङ Acoustic Nepal Studio मा गरिएको यस गीतको अडियो पक्षलाई विशेष ध्यान दिइएको बताइएको छ।

भिडियोतर्फ निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने रोहित सिंह ठकुरीको कोरियोग्राफी रहेको छ। भिडियोमा मोडल कमल सिंह र जुना कार्कीको अभिनय देख्न सकिन्छ, जसले गीतको भावलाई जीवन्त बनाउने विश्वास गरिएको छ। मेकअप आर्टिस्ट एकता भण्डारीले कलाकारलाई आकर्षक लुक दिएकी छन्।

म्युजिक भिडियोका निर्माता निल प्रसाद इटनी हुन्। छायांकन Gundu क्षेत्रमा गरिएको हो, जहाँ डिओपी विनोद बिष्टले क्यामेरा सम्हालेका छन्। प्रकाश व्यवस्थापन मुस्कान र विक्रमले गरेका छन् भने यातायात व्यवस्थापन राम गुरु र सञ्जयले गरेका छन्।

गीत र भिडियो दुवै पक्षबाट सशक्त बनेको ‘हावा चल्यो सिरिरी’ सार्वजनिक भएपछि दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको निर्माण टिमले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै