शनिबारदेखि असन ‘जीवन्त’ बनाउने अभियान सुरु, सवारी प्रवेश निषेध
काठमाडौं- असन क्षेत्रको मौलिकता पुनःस्थापना गर्न काठमाडौँ महानगरपालिकाले हरेक शनिवार विशेष सांस्कृतिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्ने भएको छ।
वडा नं. २७ को नेतृत्वमा स्थानीय क्लब, टोल सुधार समिति, गुठियार तथा सरोकारवालाको सहभागितामा सञ्चालन हुने यो अभियान “जीवन्त र समृद्ध (असं) असन” नारासहित वैशाख ५ गतेदेखि सुरु हुने जानकारी महानगरपालिकाले पत्रकार सम्मेलनमार्फत दिएको हो।


महानगरको सभा कक्षमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल सहितका पदाधिकारी उपस्थित थिए। कार्यक्रममा प्रवक्ता नविन मानन्धर ले योजना सार्वजनिक गरेका हुन्।
कार्यक्रम अन्तर्गत हरेक शनिवार:कःमिलाछी (कमलाक्षी)–असन,भोटाहिटी–असन,महाबौद्ध–असन क्षेत्रमा सवारी साधन पूर्ण रूपमा निषेध गरिनेछ।असन आउने आगन्तुकहरूले:धरहरा भूमिगत पार्किङ,जमल वहाल,दरबार हाई स्कूल परिसर जस्ता स्थानमा सवारी राखेर पैदल यात्रा गर्नुपर्नेछ।
कार्यक्रमको मुख्य उद्देश्य:परम्परागत नेवार संस्कृति संरक्षण,रैथाने सीप र ज्ञानको प्रवर्द्धन,सांस्कृतिक गतिविधि (नाच, गीत, वादन),परम्परागत व्यापार पुनर्जीवन स्थानीय समुदायको सक्रिय सहभागितामा स्टोरी टेलिङ, धातु कला, माटो कला, डबली पुनरुत्थान जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

महानगरका अनुसार यस अभियानले:वायु प्रदूषण घटाउने,पैदलमैत्री वातावरण बनाउने,स्थानीय व्यापार प्रवर्द्धन गर्ने बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षित हिँडडुलको अवसर दिने अपेक्षा गरिएको छ।वैशाख ५ गतेदेखि असनसहित विभिन्न स्थानमा निःशुल्क वाटर एटीएम सेवा पनि सुरु गरिनेछ।


मुख्य विशेषता:
३ हजार लिटर भण्डारण क्षमता
राष्ट्रिय मापदण्डअनुसारको पिउने पानी
८ स्थानमा जडान
यो योजना काठमाडौँ महानगरपालिका र उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा सञ्चालन गरिएको हो।
पछिल्लो समय:भीडभाड र सवारी चाप,परम्परागत व्यापार घट्दै जानु,सांस्कृतिक पहिचान हराउँदै जानु जस्ता समस्याले असनको मौलिकता कमजोर हुँदै गएको थियो। यसलाई रोक्न महानगरले समुदायसँग मिलेर यो पहल थालेको हो।












