रत्यौली’मा पूजा र विजयको सहकार्य – Sagarmathapana:: Online News Portal

रत्यौली’मा पूजा र विजयको सहकार्य

   २०८३ बैशाख २ गते  

काठमाडौँ। नयाँ वर्ष २०८३ को सुरुवातसँगै नायिका पूजा शर्माले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन्। नाइटिङ्गेल इन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको नाम ‘रत्यौली’ राखिएको छ। फिल्ममा पूजा शर्मा र विजय बरालको जोडी पक्का भएको छ। दुवैले पहिलोपटक एउटै फिल्ममा स्क्रिन सेयर गर्न लागेका हुन्, जसले दर्शकमाझ उत्सुकता थपेको छ।

मुस्कान ढकालको निर्देशनमा बन्ने फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन्। लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय आचार्यले प्रोडक्सन डिजाइनरका रूपमा सयभन्दा बढी नेपाली फिल्ममा काम गरिसकेका छन् भने भारतीय परियोजनाहरूमा समेत लाइन प्रोड्युसरको अनुभव बटुलेका छन्।
सार्वजनिक गरिएको पोस्टरमा पूजा र विजय परम्परागत ‘रत्यौली’ नृत्यमा रमाइरहेको देखिन्छ। पूजाको दौरा–सुरुवाल, नेपाली टोपी र अनौठो गेटअपले फिल्मको शैली रमाइलो र फरक हुने संकेत गर्छ। नयाँ जोडी र फरक प्रस्तुति कारण ‘रत्यौली’ दर्शकका लागि चासोको विषय बन्ने निश्चित देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै