मन्त्रीको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन – Sagarmathapana:: Online News Portal

मन्त्रीको सम्पत्तिको स्रोत खुलाउन माग गर्दै माइतीघरमा विद्यार्थीको प्रदर्शन

   २०८२ चैत्र ३० गते  

काठमाडौं।मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत स्पष्ट पार्न माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डला मा प्रदर्शन गरिएको छ।

प्रदर्शन अखिल (क्रान्तिकारी) मा आबद्ध विद्यार्थीहरूले आयोजना गरेका हुन्। उनीहरूले ‘सम्पत्तिको स्रोत खुलाउनुपर्छ’, ‘भ्रष्टाचार अन्त्य गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।

विद्यार्थीहरूले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्रोत स्पष्ट नभएको भन्दै त्यसको पारदर्शी छानबिन गर्नुपर्ने माग राखेका छन्। उनीहरूको भनाइमा, सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्तिको स्रोत खुलाउनु सुशासन र जवाफदेहिताका लागि अनिवार्य विषय हो।

प्रदर्शनका क्रममा उनीहरूले सरकारलाई भ्रष्टाचार नियन्त्रणमा कडा कदम चाल्न र सम्पत्ति विवरणलाई विश्वसनीय बनाउन आग्रह गरेका थिए।

यस्तै, उनीहरूले यस्ता प्रदर्शनहरूलाई निरन्तरता दिने चेतावनी दिँदै जनप्रतिनिधिहरूलाई पारदर्शिता कायम गर्न दबाब दिने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै