पालिकामा बजेट बढाउन र वडा अध्यक्षमा आरक्षणको व्यवस्था गर्न आजपा नेता नरेश तुरहाको माग – Sagarmathapana:: Online News Portal

पालिकामा बजेट बढाउन र वडा अध्यक्षमा आरक्षणको व्यवस्था गर्न आजपा नेता नरेश तुरहाको माग

   २०८२ चैत्र ३० गते  

रौतहट। आम जनता पार्टी (आजपा) को रौतहट जिल्ला अध्यक्ष नरेश तुरहाले स्थानीय तहमा बजेट बढाउनुपर्ने बताएका छन् ।

रौतहटको देवाहीगोनाहीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तुरहाले स्थानीय तह बजेट बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

यदि वडा सदस्य हटाउने हो भने वडा अध्यक्षमा आरक्षणको व्यवस्था हुनुपर्ने उनले बताए । महिला, दलितहरुलाई वडा अध्यक्षमा आरक्षणको व्यवस्था गरेर वडा सदस्य हटाउन सकिने अध्यक्ष तुरहाले बताए ।

`स्थानीय तहमा बजेट बढाउनुपर्छ । अहिलेको बजेटले स्थानीय तहको आवश्यकता पुराहुदैन । वडा सदस्य हटाउने तर वडा अध्यक्षमा महिला, दलितको आरक्षणको व्यवस्था गर्नुपर्ने हुन्छ,´ तुरहाले भने ।
संविधान संशोधन गरेर स्थानीय तहमा पालिकाको निर्वाचन दलबिहिन गर्नुपर्ने र पालिकालाई प्रदेश मातहतमा राख्न आवश्यक रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै