मन्त्री सोविता गौतमको सम्पत्ति सार्वजनिक: बैंकमा १० लाख, गाडीमा ठूलो ऋण भार
काठमाडौं।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार कानुन मन्त्री सोविता गौतमको व्यक्तिगत बैंक मौज्दात १० लाख ५० हजार ३३५ रुपैयाँ रहेको देखिएको छ।
सोविता गौतम का नाममा घर नभए पनि परिवारको नाममा भने अचल सम्पत्ति रहेको विवरणमा उल्लेख छ। उनका श्रीमानको नाममा काठमाडौँमा घर छ भने सासूको नाममा चितवनमा अर्को घर रहेको छ।

गौतमसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा रहेको विवरणमा उल्लेख गरिएको छ। तर, परिवारको समग्र सम्पत्तिमा ऋणको हिस्सा उल्लेख्य देखिएको छ। उनले राष्ट्रिय वाणिज्य बैंक बाट २६ लाख रुपैयाँ ऋण लिएर गाडी खरिद गरेकी छन् भने उनका श्रीमानले ९५ लाख रुपैयाँ ऋणमा अर्को गाडी लिएका छन्।
सम्पत्तिको मुख्य स्रोतका रूपमा तलब, दाइजो र बैंक ऋण उल्लेख गरिएको छ।
यसैबीच, बालेन शाह नेतृत्वको सरकारले सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै पारदर्शितामा जोड दिएको जनाएको छ।














