नेफिन युएईमा नेवा: पुच: युएई पुनः आवद्ध, भव्य स्वागतसहित पदाधिकारीलाई प्रमाणपत्र वितरण
युएई।गैरआवासीय नेपाली आदिवासी जनजाति महासंघ (नेफिन) युएई परिवारमा नेवा: पुच: युएई पुनः आधिकारिक रूपमा आवद्ध भएको छ। यस अवसरमा आयोजित एक गरिमामय कार्यक्रममा नेवा: पुच: युएईलाई भव्य स्वागत गरिएको छ।
कार्यक्रममा बोल्दै नेवा: पुच: युएईका प्रतिनिधिहरूले स्वच्छ र खुल्ला हृदयका साथ नेफिन युएईमा पुनः आवद्ध हुन पाउँदा खुशी व्यक्त गर्दै युएई मात्र नभई स्वदेश तथा विश्वभर छरिएर रहेका नेवार समुदायको तर्फबाट नेफिन युएईका अध्यक्ष भागरथी कुमार भगत सहित सम्पूर्ण टिमप्रति हार्दिक सम्मान प्रकट गरेका छन्।


उक्त बैठककै अवसरमा नेवा: पुच: युएईका लागि पत्राचारमार्फत सिफारिस गरिएका पाँच जना पदाधिकारीलाई औपचारिक रूपमा स्वागत गर्दै पदिय प्रमाणपत्र समेत वितरण गरिएको थियो।
कार्यक्रममा उपस्थित पदाधिकारीहरू:
- अध्यक्ष: भागरथी कुमार भगत
- वरिष्ठ उपाध्यक्ष: राजु मिलु गुरुङ
- उपाध्यक्ष: धनकृष्ण राई
- उपाध्यक्ष: बुद्धबहादुर तामाङ
- महासचिव: मनिषा खाम्दाक इङ्गासा
- जनसम्पर्क सचिव: देवी माया सुनवार
- कोषाध्यक्ष: ईश्वर श्रेष्ठ
- सांस्कृतिक विभाग प्रमुख: प्रदीप पुन मगर
- राहत तथा उद्धार कोष संयोजक: बबिता रास्कोटी मगर
- महिला प्रमुख: सबिना राई
- सदस्य: दिपेश श्रेष्ठ
- सदस्य: प्रेमबहादुर बगल्दार मगर
त्यस्तै कार्यक्रममा प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष विक्रम लिम्बु, संरक्षक सनिल घिसिङ, तथा सल्लाहकारहरू कुमार बलामी, नयन घर्ती मगर, लक्ष्मण श्रेष्ठ लगायत विभिन्न जातीय संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



यसैगरी, तमु समाज, मगर समाज, तामाङ समाज, किरात याक्थुङ चुम्लुङ, थारु कल्याणकारीणि सभा, प्रवासी भुजेल समाज सेवा समिति तथा कुमाल समाज युएईका अध्यक्षहरूले कार्यक्रममा सहभागिता जनाउँदै शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको समापनमा नेवा: पुच: युएईका महासचिव कुमार बलामीले उपस्थित सम्पूर्ण अतिथि तथा प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै संगठनबीचको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाए।

















