बरदुबईमा नेफिन युएई र नेवा: पुच: युएईको संयुक्त बैठक हुने – Sagarmathapana:: Online News Portal

बरदुबईमा नेफिन युएई र नेवा: पुच: युएईको संयुक्त बैठक हुने

   २०८२ चैत्र २८ गते  

दुबई-नेफिन युएई र नेवा: पुच: युएईबीच विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्न भोलि अप्रिल १२ तारिख बिहान १० बजे दुबईको बरदुबईस्थित नाङलो रेष्टुरेन्टमा संयुक्त बैठक आयोजना हुने भएको छ।

नेवा: पुच: युएईका महासचिव कुमार बलामीद्वारा जारी सूचनाअनुसार हालैको पत्राचार, संगठनात्मक समन्वय तथा पदाधिकारी सम्बन्धी सिफारिसका विषयमा निर्णय लिन बैठक बोलाइएको हो। बैठकमा सम्बन्धित सबै सदस्य तथा सरोकारवालालाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठककै अवसरमा नेफिन युएईमा नेवा: पुच: युएईलाई पुनः स्वागत गर्ने कार्यक्रम समेत तय गरिएको छ। साथै, पत्राचारमार्फत सिफारिस गरिएका पाँच जना पदाधिकारीलाई औपचारिक रूपमा स्वागत गर्दै पदिय प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

महासचिव बलामीले आदिवासी अभिवादनसहित बैठकलाई सफल बनाउन सबैको सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै