राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न, कराते खेलको स्तर उकास्ने लक्ष्य – Sagarmathapana:: Online News Portal

राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न, कराते खेलको स्तर उकास्ने लक्ष्य

   २०८२ चैत्र २८ गते  

काठमाडौं।नेपाल फुल कन्ट्याक्ट कराते फेडेरेशनद्वारा आयोजित राष्ट्रिय रेफ्री सेमिनार २०८२ चैत २८ गते कीर्तिपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम National Sports Council को सहकार्यमा आयोजना गरिएको हो।

देशभरबाट आएका कराते प्रशिक्षक, खेलाडी तथा रेफ्रीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त सेमिनारमा रेफ्रीसम्बन्धी नियम, निर्णय प्रक्रियाको मापदण्ड तथा अन्तर्राष्ट्रिय स्तरका नवीन प्रविधिबारे प्रशिक्षण दिइएको थियो।


सहभागीहरूले निष्पक्ष र पारदर्शी प्रतिस्पर्धाका लागि दक्ष रेफ्रीको भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिएका छन्। उनीहरूले यस्ता तालिमले खेलको गुणस्तर सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।

आयोजक संस्थाका पदाधिकारीहरूले नियमित रूपमा यस्ता सेमिनार सञ्चालन गरिने जानकारी दिँदै यसले नेपाली कराते खेलको विकास र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम जनशक्ति उत्पादनमा टेवा पुग्ने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै