अजर अमर निर्देशक’ पुस्तक प्रकाशनका लागि विवरण संकलन सुरु – Sagarmathapana:: Online News Portal

अजर अमर निर्देशक’ पुस्तक प्रकाशनका लागि विवरण संकलन सुरु

   २०८२ चैत्र २८ गते  

काठमाडौं।नेपाली चलचित्र क्षेत्रका विशिष्ट निर्देशकहरूको योगदानलाई अभिलेखीकरण गर्दै सम्मान गर्ने उद्देश्यले चलचित्र विकास बोर्ड ले “अजर अमर निर्देशक” नामक ग्रन्थ प्रकाशन प्रक्रिया अघि बढाएको छ।

बोर्डका अनुसार नेपाली चलचित्र निर्देशन क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका निर्देशकहरूको विवरण संकलन तथा अद्यावधिक गर्ने कार्य हाल जारी रहेको छ। यस अभियानमार्फत चलचित्र इतिहासलाई व्यवस्थित रूपमा संरक्षण गर्दै भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेज तयार पार्ने लक्ष्य लिइएको छ।


यसै सन्दर्भमा बोर्डको अभिलेखमा आधारित प्रारम्भिक सूची तयार गरिँदैछ। तर, सो सूचीमा कुनै निर्देशकको नाम छुट्न गएको वा विवरणमा त्रुटि हुन सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक जानकारी उपलब्ध गराउन आग्रह गरिएको छ।

सूचना प्रकाशित भएको मितिले एक साताभित्र सम्बन्धित निर्देशक, परिवारजन तथा सरोकारवालाले आवश्यक प्रमाणसहित विवरण बुझाउन बोर्डले अनुरोध गरेको छ। यसबाट पुस्तकलाई थप विश्वसनीय र समावेशी बनाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै