अष्ट्रेलियामा नेपाली नयाँ वर्षको अवसरमा गायिका अन्जु पन्तको सांगीतिक प्रस्तुति – Sagarmathapana:: Online News Portal

अष्ट्रेलियामा नेपाली नयाँ वर्षको अवसरमा गायिका अन्जु पन्तको सांगीतिक प्रस्तुति

   २०८२ चैत्र २८ गते  

काठमाडौँ।अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायका लागि यस वर्षको नेपाली नयाँ वर्ष विशेष हुने भएको छ। लोकप्रिय गायिका अन्जु पन्तले पर्थ र सिड्नीमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने भएकी छन्।

नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलियाको आयोजनामा पर्थस्थित फरेस्ट प्लेसमा अप्रिल ११ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा नेपाली ‘मेलोडी क्विन’का रूपमा परिचित अन्जु पन्तले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन्।

यसैगरी, सिड्नीस्थित अवर्न नेपालीज कम्युनिटीद्वारा अप्रिल १४ तारिखका दिन ग्रान्डभिल पार्कमा भव्य नयाँ वर्ष २०८३ सांगीतिक कार्यक्रम आयोजना गरिँदैछ। उक्त कार्यक्रममा गायिका अन्जु पन्तले एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आयोजक संस्था तथा गायिका अन्जु पन्तले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई नयाँ वर्ष उल्लासपूर्वक मनाउन हार्दिक निमन्त्रणा दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै