मन्त्रालयमा फाइलकहाँ अड्किएकोछ २४ घण्टा भित्र छिनोफोनो गर्नु मन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन
काठमाडाैं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।
बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा उक्त निर्देशन दिएका हुन्।
मन्त्री पाण्डेले भने, ‘मन्त्रालयमा कुन फाइलकहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला।’
असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेस गर्न कर्मचारीलाई निर्देशन दिएका थिए।
‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला। असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छौं? गर्न सक्ने कार्यक्रमहरु के के हुन्? गर्न नसक्ने काम के के हुन्? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु,’ मन्त्री पाण्डेले भने।
मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिए।
त्यस्तै, उनले नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नु पर्ने बताए।
त्यसैगरी उनले कानुन निर्माणमा भइरहेको प्रति इंगित गर्दै तीन दिनभित्र अन्तरमन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वास्त पारेको बताए।
साथै मन्त्री पाण्डेले गर्नु पर्ने कामको प्राथमिकीकरण, नीतिको सूचिकरण,काुनन निर्माणको प्राथमिकताका साथै संरचनागत रुपमा कहाँ कहाँ त्रुटी छ? त्यसबारेमा संवेदशील भएर ऋघि बढ्न समेत आग्रह गरे।
उनले कर्मचारीले इमान्दारी पूर्वध व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै, मन्त्री, कर्मचारीले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतीजा दिने गरी काम गर्न आग्रह गरे।












