नेपाल–चीन सहकार्य विस्तारमा जोड, अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच फलदायी भेट – Sagarmathapana:: Online News Portal

नेपाल–चीन सहकार्य विस्तारमा जोड, अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच फलदायी भेट

   २०८२ चैत्र २८ गते  

काठमाडौं।डा. स्वर्णिम वाग्ले र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ बीच आज शिष्टाचार भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा सम्पन्न उक्त भेटमा नेपाल–चीनबीचको आर्थिक तथा कूटनीतिक सम्बन्धका विविध पक्षमा विस्तृत छलफल भएको जनाइएको छ।

भेटका क्रममा बैंकिङ क्षेत्रको सहकार्य, पूर्वाधार तथा कनेक्टिभिटी विस्तार, पर्यटन प्रवर्द्धन तथा पछिल्लो समय तीव्र गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (AI) क्षेत्रमा साझेदारी बढाउने विषयमा विशेष ध्यान दिइएको थियो।

दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई अझ व्यावहारिक, प्रभावकारी र दिगो विकासको दिशामा अघि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी कनेक्टिभिटी सुदृढीकरणलाई प्राथमिकतामा राख्दै भविष्यमा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने समझदारी बनेको छ।

राजदूत माओमिङले सामाजिक सञ्जालमार्फत भेटलाई “फलदायी” भन्दै बैंकिङ, कनेक्टिभिटी, पर्यटन र AI क्षेत्रमा सहकार्य विस्तारका लागि अर्थपूर्ण संवाद भएको उल्लेख गरेका छन्।

यस भेटले आगामी दिनमा नेपालको डिजिटल पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र आर्थिक विस्तारमा चिनियाँ लगानी तथा सहयोग अझ बढ्ने अपेक्षा गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै