विमानस्थलमा २४ घण्टाभित्र स्तनपान कक्ष र निःशुल्क स्यानिटरी प्याड अनिवार्य – Sagarmathapana:: Online News Portal

विमानस्थलमा २४ घण्टाभित्र स्तनपान कक्ष र निःशुल्क स्यानिटरी प्याड अनिवार्य

   २०८२ चैत्र २८ गते  

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका विमानस्थलहरूमा यात्रु सेवा सुधार गर्न महत्वपूर्ण निर्देशन जारी गरेको छ। मन्त्रालयले २४ घण्टाभित्र सबै विमानस्थलमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न र महिला शौचालयहरूमा निःशुल्क स्यानिटरी प्याडको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

निर्देशनअनुसार विमानस्थलको सरसफाइलाई World Health Organization (WHO) र International Civil Aviation Organization (ICAO) का अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गरिनेछ। साथै, सरसफाइ र सेवा व्यवस्थापनको नियमित अनुगमनका लागि दैनिक ‘लगबुक’ प्रणाली लागू गर्न पनि भनिएको छ।

यस्तै, बिरामी तथा आकस्मिक अवस्थाका यात्रुका लागि प्राथमिक उपचार कक्ष सञ्चालन गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाद्वारा जारी उक्त निर्देशनमा यी सबै व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भए/नभएकोबारे जानकारी दिन आम नागरिकलाई समेत आग्रह गरिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै