वैशाखमा निजी विद्यालयले शुल्क लिन नपाउने सरकारको निर्णय – Sagarmathapana:: Online News Portal

वैशाखमा निजी विद्यालयले शुल्क लिन नपाउने सरकारको निर्णय

   २०८२ चैत्र २८ गते  

काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको वैशाख महिनामा निजी विद्यालयहरूले अभिभावकबाट कुनै पनि शुल्क लिन नपाउने निर्णय गरेको छ।

सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने र वैशाख २१ गतेबाट मात्रै नियमित पठनपाठन सञ्चालन गर्ने तालिका तय गरेकाले सो अवधिसम्म शुल्क लिन नपाइने स्पष्ट पारिएको हो।

विगतका वर्षहरूमा वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु भई विद्यालयहरूले शुल्क असुल गर्दै आएका थिए। तर यस वर्ष कक्षा सञ्चालन ढिलो हुने भएपछि अभिभावकहरूमा देखिएको अन्योलता हटाउन यस्तो निर्णय गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ।

केन्द्रले सबै निजी विद्यालयहरूलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिँदै अभिभावकलाई अनावश्यक आर्थिक भार नपार्न आग्रह गरेको छ। साथै, कुनै विद्यालयले निर्देशन विपरीत शुल्क असुलेमा सम्बन्धित निकायमा उजुरी दिन सकिने पनि जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै