स्टार्टअपका लागि ‘Launch Right’ कार्यक्रम सम्पन्न, कानुनी र नैतिक पक्षमा युवालाई प्रशिक्षण
काठमाडौं। काठमाडौंस्थित अमेरिकन सेन्टरले ‘SkillUp’ सिरिज अन्तर्गत छैटौं सत्र “Launch Right: Legal, Ethical & Structural Foundations for Startups” सफलतापूर्वक आयोजना गरेको छ। उक्त कार्यक्रम देशभरका American Spaces मार्फत प्रसारणसमेत गरिएको थियो।
कार्यक्रममा डेल्टा ल फर्मका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बाबु राम अर्यालले सहभागीलाई स्टार्टअप सञ्चालनका लागि आवश्यक कानुनी अनुपालन, कर प्रणाली, व्यवसायिक नैतिकता र सामाजिक उत्तरदायित्वबारे विस्तृत जानकारी दिएका थिए। उनी अमेरिकी एक्सचेन्ज कार्यक्रमका पूर्व सहभागीसमेत हुन्।

सत्रमा व्यवसाय दर्तादेखि नैतिक निर्णय प्रक्रियासम्मका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। सहभागीहरूले आफ्ना उद्यमलाई दीगो र सुदृढ बनाउन आवश्यक सीप तथा उपकरण हासिल गरेका छन्।
SkillUp कार्यक्रमले नेपालका नयाँ पुस्ताका उद्यमीलाई सशक्त बनाउँदै अमेरिका–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने र दुवै देशका लागि आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।












