उपसभामुखका लागि दुई उम्मेदवार मैदानमा, मुख्य दलहरूको समर्थनले ठाकुर बलियो – Sagarmathapana:: Online News Portal

उपसभामुखका लागि दुई उम्मेदवार मैदानमा, मुख्य दलहरूको समर्थनले ठाकुर बलियो

   २०८२ चैत्र २६ गते  

काठमाडौं।प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

सरस्वती लामाको प्रस्तावकमा ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि छन्। यता, रुबी कुमारी ठाकुरको प्रस्तावक आरेन राई रहेका छन् भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरी छन्।

यसबीच उपसभामुख चयनको समीकरणमा नयाँ मोड आएको छ। विपक्षमा रहेका प्रमुख तीन दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)—ले संयुक्त रूपमा श्रम संस्कृति पार्टीका उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय गरेका छन्।

यसअघि नै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुख पदमा आफ्नो पार्टीबाट महिला उम्मेदवार उठाउने घोषणा गरेका थिए। सोही रणनीतिअनुसार ठाकुरलाई उम्मेदवार बनाइएको हो।

तीन ठूला दलको समर्थन प्राप्त भएपछि ठाकुर उपसभामुख पदका लागि बलियो दाबेदारका रूपमा देखिएकी छन्। यो समीकरणले संसद्भित्र नयाँ राजनीतिक ध्रुवीकरणको संकेत समेत दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै