हिरासतमुक्त भए पनि केपी शर्मा ओली अस्पतालमै रहने – Sagarmathapana:: Online News Portal

हिरासतमुक्त भए पनि केपी शर्मा ओली अस्पतालमै रहने

   २०८२ चैत्र २६ गते  

काठमाडौं ।सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक हिरासतमुक्त भएका छन्।

गत १३ दिनदेखि अस्पतालमा उपचाररत ओलीको स्वास्थ्य अवस्था तथा सोमबारका लागि तय गरिएको पत्थरीसम्बन्धी शल्यक्रियाका कारण उनी तत्काल घर नजाने भएका हुन्। चिकित्सकको सल्लाहअनुसार शल्यक्रिया र थप परीक्षणका लागि उनलाई अस्पतालमै राख्ने निर्णय गरिएको पारिवारिक स्रोतले जनाएको छ।


ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै परिवारको सहमतिमा अस्पतालमै उपचार जारी राख्ने व्यवस्था गरिएको हो। चिकित्सकहरूले शल्यक्रियापछि केही दिन निगरानीमा राख्नुपर्ने सुझाव दिएका छन्।

यसैबीच, अदालतको आदेशपछि दुवै नेता कानुनी रूपमा हिरासतबाट मुक्त भए पनि स्वास्थ्य अवस्थाका कारण ओली केही समय अस्पतालमै रहने निश्चित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै