राष्ट्रपतिबाट संसद्को दुवै सदनको बैठकलाई सम्बोधन हुने – Sagarmathapana:: Online News Portal

राष्ट्रपतिबाट संसद्को दुवै सदनको बैठकलाई सम्बोधन हुने

   २०८२ चैत्र २६ गते  

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको बैठकलाई सम्बोधन गर्नुहुने छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ३ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ ।

राष्ट्रपतिको कार्यालयका सचिव महादेव पन्थले नेपाल सरकार, मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नुहुने र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नुभएको छ ।

नेपालको संविधानको धारा ९५ ले राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने व्यवस्था गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै