टेलिभिजन कार्यक्रम ‘कठघरामा’मा सहिदकी आमाको भावुक अभिव्यक्ति, सबैको आँखामा आँसु – Sagarmathapana:: Online News Portal

टेलिभिजन कार्यक्रम ‘कठघरामा’मा सहिदकी आमाको भावुक अभिव्यक्ति, सबैको आँखामा आँसु

   २०८२ चैत्र २६ गते  

काठमाडौं । टेलिभिजन कार्यक्रम कठघरामा प्रसारित एक भावुक दृश्यले दर्शकहरूको मन छोएको छ। कार्यक्रममा जनयुद्धका सहिद रशिक खतिवडाकी आमाले व्यक्त गरेको पीडाले उपस्थित सबैलाई स्तब्ध बनायो।

कठघरामा मा बोल्दै उनले भक्कानिँदै भनिन्, “सांसद पद ठूलो हो र एउटा आमाको लागि? सायद त्यो क्षण नआइदिएको भए म यो ठाउँमा आउनै पर्ने थिएन।” उनको यो मार्मिक अभिव्यक्तिले स्टुडियोमा भावनात्मक वातावरण सिर्जना गरेको थियो।

कार्यक्रम सञ्चालन गरिरहेका टिकाराम यात्री समेत आफ्नो भावना नियन्त्रण गर्न सकेनन्। उनी सहित त्यहाँ उपस्थित धेरैजनाको आँखाबाट आँसु झरेको देखिन्थ्यो।

एक आमाले सन्तान गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न कठिन हुन्छ। उक्त दृश्यले आमाको माया, पीडा र त्यागलाई पुनः एकपटक झल्काएको छ। कार्यक्रममा देखिएको यो क्षण सामाजिक सञ्जालमा समेत व्यापक रूपमा शेयर भइरहेको छ र धेरैले यसलाई अत्यन्त संवेदनशील र हृदयस्पर्शी प्रतिक्रिया दिएका छन्।

यस घटनाले सहिद परिवारले भोग्दै आएको वास्तविक पीडा र राज्यले गर्नुपर्ने दायित्वबारे पनि पुनः बहस सुरु गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै