कानुनमन्त्री सोविता गौतम र स्वीस राजदूतबीच भेट, द्विपक्षीय सहकार्यमा जोड
काठमाडौं।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. ड्यानियल म्युली बीच आज भेटवार्ता भएको छ।
भेटका क्रममा राजदूत म्युलीले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
उक्त भेटवार्तामा नेपाल र स्वीट्जरल्यान्डबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै दुई देशबीचको सहकार्य विस्तार, नेपालको शान्ति प्रक्रिया तथा न्यायमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने विषयमा समेत विचार आदानप्रदान गरिएको मन्त्रीालय स्रोतले जनाएको छ।




दुवै पक्षले आगामी दिनमा कानुनी तथा संस्थागत सुधारका क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति व्यक्त गरेका छन्।












