सुरक्षा पन्तको चलचित्र ‘लाइफ ड्यामेज’ जेठ १ गते प्रदर्शनमा – Sagarmathapana:: Online News Portal

सुरक्षा पन्तको चलचित्र ‘लाइफ ड्यामेज’ जेठ १ गते प्रदर्शनमा

   २०८२ चैत्र २५ गते  

काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण भएको चलचित्र ‘लाइफ ड्यामेज’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले फर्स्ट लुक सार्वजनिक गर्दै आगामी जेठ १ गतेदेखि चलचित्र प्रदर्शनमा आउने जानकारी दिएको हो।

केही वर्षयता कन्टेन्ट क्रियटरका रूपमा परिचित निमेष श्रेष्ठले यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन्। उनले अभिनेत्री सुरक्षा पन्तसँग स्क्रिन सेयर समेत गरेका छन्।

फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त र निमेष श्रेष्ठका साथै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जंग थापा, अजय पन्त, सविन बास्तोला र निरु खड्कालगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको कथा निमेष श्रेष्ठ, ईशा थापा र अभिषेक खरेलले संयुक्त रूपमा लेखेका हुन्। पहिलोपटक निर्देशनमा हात हालेका श्रेष्ठले ‘लाइफ ड्यामेज’ दर्शकका लागि मनोरञ्जनात्मक र फरक स्वादको ‘फेन्टासी कमेडी ड्रामा’ हुने बताएका छन्।

चलचित्रमा प्रवीण खड्काको छायांकन र बिकेन कार्कीको सम्पादन रहेको छ भने देशव्यापी वितरणको जिम्मा बटरफ्लाई फिल्म्सले लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै