राष्ट्रिय सभाका ४ समितिका सभापतिले शपथ लिए
काठमाडौं।राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले उनीहरुलाई शपथ ग्रहण गराएका हुन्।
शपथ लिने सभापतिहरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी जयन्तीदेवी राई तथा विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल रहेका छन्।


नवनिर्वाचित सभापतिहरुले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्दै समितिहरुलाई थप सक्रिय र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
समितिहरु संसद् कार्यप्रणालीलाई प्रभावकारी बनाउन, कानुन निर्माण प्रक्रियालाई सुदृढ गर्न तथा जनचासोका विषयमा निगरानी राख्न महत्वपूर्ण मानिन्छन्।













