हङकङमा ‘पूर्खा दिवस २०२६’ सम्पन्न, गोर्खा सैनिकहरूको सम्मानमा माल्यार्पण – Sagarmathapana:: Online News Portal

हङकङमा ‘पूर्खा दिवस २०२६’ सम्पन्न, गोर्खा सैनिकहरूको सम्मानमा माल्यार्पण

   २०८२ चैत्र २५ गते  

हङकङ– हङकङमा बिर गोर्खा सैनिकहरूको अतुलनीय योगदानको सम्मान गर्दै ‘पूर्खा दिवस २०२६’ मनाइएको छ। गोर्खा सेमेट्री ट्रष्ट, हङकङले आयोजना गरेको कार्यक्रममा युएन लङस्थित सान्टिन ब्यारेकमा रहेको गोर्खाहरूको समाधी स्थलमा माल्यार्पण गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले गोर्खा सैनिकहरूले विश्व शान्ति र नेपाली समाजमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरे।

त्यसै क्रममा गोर्खा सेमेट्री ट्रष्टले धरान–१८ स्थित घोपा क्याम्पमा रहेको गोर्खा सैनिकहरूको समाधी स्थलमा पनि ‘पूर्खा दिवस’ मनाएको छ। घोपा क्याम्प, जसमा हाल बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ, पूर्वमा पहिलो ब्रिटिश गोर्खा सैनिक भर्ती केन्द्रको रूपमा परिचित थियो।

कार्यक्रमले नेपाली समुदायमा सैनिक परम्परा र सांस्कृतिक गौरवलाई उजागर गर्ने अवसर पनि प्रदान गरेको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै