प्रधानमन्त्री शाहले २० देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्ने
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालमा रहेका करिब २० देशका राजदूतसँग सामूहिक रूपमा भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता आज मध्याह्न १२ बजे सिंहदरबारमा हुनेछ।
पूर्वका प्रधानमन्त्रीहरूले प्रायः राजदूतसँग व्यक्तिगत रूपमा भेट्ने गरेको भए पनि, प्रधानमन्त्री शाहले यसपालि नयाँ अभ्यासका रूपमा सबै राजदूतलाई एकैसाथ भेट्ने योजना अघि सारेका छन्। यसरी सबै राजदूतसँग सामूहिक रूपमा भेटघाट गर्नुलाई विशेष चासोका रूपमा हेरिएको छ।
भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल, परराष्ट्र सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल प्रमुख कुमार राई, प्रवक्ता तथा सह–सचिव लोकबहादुर पौडेल क्षेत्री र मुख्य सचिव सुमनराज अर्याल पनि सहभागी हुने जनाइएको छ।
यस भेटवार्ताले नेपाल–विदेश सम्बन्धमा नयाँ संवाद र सहकार्यका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।












