भिभोको नयाँ V70 सार्वजनिक : ५०MP टेलिफोटो क्यामेरा, ६५००mAH ब्याट्री र 4K भिडियो सपोर्ट
काठमाडौं।Vivo ले आफ्नो लोकप्रिय V–सिरिज अन्तर्गत नयाँ स्मार्टफोन V70 सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो फोन विशेषगरी उच्चस्तरीय पोट्रेट फोटोग्राफी र टाढाबाट पनि स्पष्ट तस्बिर खिच्न सक्ने क्षमतासहित डिजाइन गरिएको हो।
नयाँ V70 मा ५० मेगापिक्सेल ZEISS सुपर टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले टाढाबाट समेत स्पष्ट र उच्च गुणस्तरका तस्बिर खिच्न मद्दत गर्छ। कम प्रकाशमा पनि राम्रो फोटो लिन सक्ने क्षमता रहेको यस क्यामेराले प्रयोगकर्तालाई महत्वपूर्ण क्षणहरू सहजै कैद गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ।


स्टेज कार्यक्रम, कन्सर्ट वा पोट्रेट फोटो खिच्दा पनि उत्कृष्ट विवरण र स्पष्टता दिने बताइएको छ। साथै, यसमा पहिलो पटक 4K 60fps भिडियो रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ। AI Stage Mode को सहायताले 1x देखि 10x र 20x सम्म जूम गर्दा पनि अनुहार र साना विवरणहरू स्पष्ट देखिने कम्पनीले जनाएको छ।
फोटोग्राफीलाई अझ आकर्षक बनाउन ZEISS Multifocal Portrait र ZEISS Style Bokeh जस्ता फिचरहरू पनि राखिएका छन्।

डिजाइनतर्फ, V70 मा एयरोस्पेस–ग्रेड 6–सिरिज एल्युमिनियम एलोय फ्रेम प्रयोग गरिएको छ, जसले फोनलाई मजबुत र टिकाउ बनाउँछ। फ्ल्याट डिस्प्ले विथ राउन्डेड कर्नर्स तथा फ्ल्यागशिप मेटालिक क्यामेरा मोड्युलले यसको प्रिमियम लुकलाई अझ आकर्षक बनाएको छ। फोन Dune Gray र Sandalwood Brown रंगमा उपलब्ध हुनेछ।
डिस्प्लेमा 1.5K अल्ट्रा–क्लियर OLED प्यानल र 120Hz रिफ्रेस रेट रहेको छ, जसले स्मूद र स्पष्ट दृश्य अनुभव दिन्छ। यसमा 6500mAh क्षमताको BlueVolt ब्याट्री र 90W FlashCharge सपोर्ट रहेको छ, जसले लामो समयसम्म प्रयोग र छिटो चार्ज सुनिश्चित गर्छ।
फोनमा IP68 र IP69 स्तरको धुलो तथा पानी प्रतिरोधी सुविधा पनि दिइएको छ।V70 नेपालभर बिक्रीका लागि उपलब्ध भइसकेको छ।
•12GB RAM + 256GB स्टोरेज : रु. 83,999
•12GB RAM + 512GB स्टोरेज : रु. 94,999
यो स्मार्टफोन आधिकारिक विक्रेता तथा अनलाइन प्लेटफर्म Daraz मार्फत खरिद गर्न सकिनेछ।
विशेष अफरहरू
•पहिलो 1,200 ग्राहकलाई Vivo Buds Air 3 निःशुल्क
•पहिलो 2,000 ग्राहकलाई 6 महिनासम्म मान्य एकपटक स्क्रिन रिप्लेसमेन्ट र वाटर ड्यामेज प्रोटेक्सन
•4 जना भाग्यशाली ग्राहकलाई EV स्कुटर जित्ने मौका
•12 महिनासम्म 0% ब्याजदरमा EMI सुविधा












