युद्धविरामअघि इरानमाथि अमेरिका–इजरायलको भीषण प्रहार,खाडी क्षेत्र उच्च सतर्कतामा – Sagarmathapana:: Online News Portal

युद्धविरामअघि इरानमाथि अमेरिका–इजरायलको भीषण प्रहार,खाडी क्षेत्र उच्च सतर्कतामा

   २०८२ चैत्र २५ गते  

काठमाडौं। Donald Trump ले सैन्य कारबाही अस्थायी रूपमा स्थगित गर्ने घोषणा गर्नुअघि United StatesIsrael ले Iran माथि अहिलेसम्मकै शक्तिशाली संयुक्त आक्रमण गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानको रणनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण Kharg Island सहित ऊर्जा पूर्वाधार, पुल तथा रेल सञ्जाललाई लक्षित गर्दै लगातार हवाई प्रहार गरिएको हो।

इजरायली सेनाले राजधानी Tehran र कराज क्षेत्रमा नयाँ लहरको आक्रमण सुरु गरेपछि ती क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएको बताइएको छ।

खाडी क्षेत्रमा उच्च सतर्कता

यस भीषण सैन्य टकरावपछि सम्पूर्ण खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। इरानबाट हुनसक्ने सम्भावित जवाफी हमलालाई मध्यनजर गर्दै Bahrain मा साइरन बजाइएको थियो भने United Arab EmiratesSaudi Arabia ले आफ्नो हवाई तथा मिसाइल प्रतिरक्षा प्रणाली सक्रिय बनाएका छन्।

साउदी अरबले आफ्नो ऊर्जा संरचना नजिकै आइपुगेका सात वटा ब्यालेस्टिक मिसाइललाई आकाशमै नष्ट गरिएको दाबी गरेको छ।

संवेदनशील मोडमा मध्यपूर्व

लगातार गोलाबारी र कूटनीतिक पहलबीच मध्यपूर्वको अवस्था अत्यन्तै संवेदनशील बनेको छ। पछिल्ला आक्रमणहरूले वार्ताको सम्भावनामा असर पार्ने चिन्ता व्यक्त गरिएको छ।

यद्यपि, हाललाई युद्ध कम्तिमा दुई हप्ताका लागि रोकिएको बताइएको छ। अन्तर्राष्ट्रिय समुदायको ध्यान अब शान्ति वार्ता सम्भव हुन्छ कि हुँदैन भन्नेमा केन्द्रित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै