अमेरिकाबाट ४५ नेपाली निष्कासित, नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगे – Sagarmathapana:: Online News Portal

अमेरिकाबाट ४५ नेपाली निष्कासित, नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगे

   २०८२ चैत्र २४ गते  

काठमाडौं-संयुक्त राज्य अमेरिकाले विभिन्न समयमा पक्राउ परेका ४५ जना नेपाली नागरिकलाई निष्कासन गरी स्वदेश फर्काएको छ। उनीहरू मंगलबार ओमनी एयरलायन्सको विमानमार्फत नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका हुन्।

प्रहरी स्रोतका अनुसार, विमान अवतरणपछि उनीहरूलाई विमानस्थलमै राखेर आवश्यक सोधपुछ भइरहेको छ। प्रारम्भिक विवरणअनुसार अधिकांश नेपाली नागरिक गैरकानुनी बाटो प्रयोग गर्दै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए। आवश्यक कागजात अभावका कारण अमेरिकी अध्यागमन निकायले उनीहरूलाई निष्कासन गरेको हो।

यसअघि पनि पटक–पटक ठूलो संख्यामा नेपालीहरू अमेरिका बाट निष्कासित हुँदै आएका छन्। पछिल्लो घटनाले वैदेशिक रोजगारी र आप्रवासन प्रक्रियामा बढ्दो अवैध गतिविधि तथा मानव बेचबिखनको जोखिमप्रति पुनः गम्भीर ध्यानाकर्षण गराएको छ।

सरकार र सम्बन्धित निकायहरूले सुरक्षित र वैधानिक आप्रवासन प्रक्रियामा जोड दिनुपर्ने आवश्यकता यस घटनाले थप स्पष्ट पारेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै