मन्त्रिपरिषद्को ठूलो निर्णय: पेट्रोलियम करमा ५०% छुट, महत्वपूर्ण नियुक्ति पनि
काठमाडौं:सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास कर आधा घटाउने निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार बढ्दो मूल्य नियन्त्रण तथा आपूर्ति व्यवस्थापनलाई सहज बनाउन यस्तो निर्णय गरिएको हो। उनले उक्त निर्णय छिट्टै नेपाल राजपत्रमा प्रकाशन गरिने जानकारी दिइन्।
सरकारको यो कदमले बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
यस्तै, मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण नियुक्तिहरू समेत गरेको छ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् भने नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरिएको छ।
सरकारले आर्थिक दबाब कम गर्ने र जनतालाई राहत दिने उद्देश्यसहित यी निर्णयहरू गरेको जनाएको छ।












