तेश्रो हर्टीकल्चर एक्सपो सम्पन्न पाचदिनमा १ करोड ६० लाख कारोबार
काठमाडौ-पाच दिनसम्म काठमाडौको भृकुटीमण्डपमा जारी चलेको नेशनल हर्टीकल्चर एक्स्पो २०८२ १ करोड २५ लाखको कारोबारसगै सम्पन्न भएको छ । नर्सरी व्यवसायी सघ नेपालले आयोजना गरेको तेश्रो नेशनल हर्टीकल्चर २०८२ चैत्र १९ बिहिवार देखि २३ गते शुक्रबारसम्म चलेको थियो ।
नर्सरी व्यवसायी सघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा एक्स्पो संयोजक रबिन कुमार गौतमले तेस्रो हर्टीकल्चर एक्स्पोमा १ करोड ६० लाख बढीको कारोबार भएको जानकारी गराउनु भयो । गौतमका अनुसार पाच दिने एक्स्पोमा ५२ हजार बढीले एक्स्पो अवलोकन गरेका थिए ।


समापन कार्यक्रममा बोल्दै रास्वपा महामन्त्री तथा सासद कबिन्द्र बुर्लाकोटीले शहरीकरण हुँदै गर्दा नर्सरी बिधा महत्त्वपूर्ण हुने बताउनुभयो । नेता बुर्लाकोटीले नर्सरी बिधाले रोजगारी सृजना गर्ने बताउदै सरकारले चाहेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।


सघका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले नर्सरी बिधामा विविध समस्या रहेकाले नया सरकारले सम्बोधन गर्नेमा आशावादी रहेको बताउनु भयो । नर्सरी क्षेत्रको प्रवर्धन गर्ने उद्देश्यले बृहत् प्रदर्शने र नर्सरी व्यवसायलाई व्यवस्थित, व्यवसायिक र प्रतिस्पर्धी बनाउँदै स्वदेशमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसहित एक्स्पोको निरन्तरता रहेको तिमिल्सिनाको भनाई छ । ‘नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार’ भन्ने मूल नारासहित सञ्चालन गरिएको प्रदर्शनीमा देशभरका नर्सरी व्यवसायीहरूको सहभागिता रहेको थियो ।

पुस्प ,फलफूल ,कृषिबन, जडिबुटीका सयौ भेराईटीका साथै निशुल्क परामर्श समेत दिइएकोले अवलोकनकर्ताहरुको उल्लेख्य वृद्धि भएको सघको भनाई छ । एक्स्पोमा ६५ ओटा स्टलहरुमा विभिन्न प्रजातीका नर्सरी जडिबुटी फुल बिरुवाहरु प्रदर्शन गरिएको थियो ।













