काठमाडौंमा ‘अपरेशन सेफ्टी’ कडा: सानुभाइ गुरुङसहित १८ जना पक्राउ – Sagarmathapana:: Online News Portal

काठमाडौंमा ‘अपरेशन सेफ्टी’ कडा: सानुभाइ गुरुङसहित १८ जना पक्राउ

   २०८२ चैत्र २२ गते  

काठमाडौंमा ‘अपरेशन सेफ्टी’ कडा: सानुभाइ गुरुङसहित १८ जना पक्राउ

काठमाडौं — राजधानीमा बढ्दो गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले थालेको ‘अपरेशन सेफ्टी’ अभियान अन्तर्गत सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार सानुभाइलाई गएराति सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीले शुक्रबार रातिदेखि सञ्चालन गरेको विशेष अभियानमा अन्य १७ जनालाई समेत पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

नुवाकोटको ककनी गाउँपालिका–५ स्थायी घर भई हाल टोखास्थित सूर्यदर्शन हाइटमा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक पक्राउ परेर छुट्दै आएका व्यक्ति हुन्। उनी आपराधिक समूहसँग निकट सम्बन्ध राख्दै आएको प्रहरीको दाबी छ।

सानुभाइ कुख्यात गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगीका रूपमा चिनिन्छन्। ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएपछि सानुभाइले सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेको बताइन्छ। उनी हाल जेलमा रहेका समिरमान सिंह बस्नेत समूहसँग पनि निकट मानिन्छन्।

यसअघि २०७२ सालमा नुवाकोटमा हतियारसहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटमै फेला परेका थिए। त्यतिबेला उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरिएको थियो।

प्रहरीले राजधानीमा शान्ति सुरक्षा कायम गर्न यस्ता अभियानलाई थप कडा बनाउने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै