दुर्घटनापछि उपचारका क्रममा आदिवासी महिला नेतृ लहरुमाया जिमिको निधन – Sagarmathapana:: Online News Portal

दुर्घटनापछि उपचारका क्रममा आदिवासी महिला नेतृ लहरुमाया जिमिको निधन

   २०८२ चैत्र २० गते  

धरान ।राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरान नगर अध्यक्ष लहरुमाया जिमि याक्खाको सवारी दुर्घटनापछि उपचारका क्रममा निधन भएको छ।

चैत १८ गते सुनसरीको इनरुवा गएर फर्किने क्रममा धरान–तरहरा बीचको जंगल क्षेत्रमा स्कुटर दुर्घटनामा परी उनी गम्भीर घाइते भएकी थिइन्। स्कुटर चालक धरान–१६ निवासी विनु मगर समेत दुर्घटनामा घाइते भएका थिए।

दुर्घटनापछि बाटोमा रहेका अप्सरा ड्राइभिङ सेन्टरका प्रशिक्षार्थीहरूले घटना देखेर तत्काल प्रहरीलाई खबर गरेका थिए। उनीहरूले घाइते दुवैजनालाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए।

उपचारकै क्रममा सघन कक्ष (ICU) मा रहेकी याक्खाको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्कुटर चालक मगरको उपचार भने जारी रहेको छ।

लहरुमाया जिमि याक्खा तीन वर्षअघि राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरान नगर अध्यक्षमा निर्वाचित भएकी थिइन्। उनको निधनले स्थानीय आदिवासी समुदाय र महिला अधिकार क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।

उनका श्रीमान र एक छोरा रहेका छन्। छोरा अष्ट्रेलियामा रहेकाले शवलाई हाल शबगृहमा राखिएको परिवारले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै