फेसबुकमार्फत ९० लाख ठगी गर्ने महिला पक्राउ – Sagarmathapana:: Online News Portal

फेसबुकमार्फत ९० लाख ठगी गर्ने महिला पक्राउ

   २०८२ चैत्र २० गते  

काठमाडौँ।सामाजिक सञ्जाल फेसबुकमा नक्कली खाता बनाएर आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङको दूधपोखरी गाउँपालिका–६ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१६ बस्दै आएकी ५० वर्षीया वनकुमारी गुरुङ रहेकी छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार गुरुङले फेसबुकमा नक्कली खाता सञ्चालन गरी पीडितहरूसँग च्याटमार्फत सम्पर्क गर्ने र जापान पठाइदिने भन्दै आकर्षक तलब तथा सुविधा दिने प्रलोभन देखाउने गर्थिन्।

उनले चार जना पीडितलाई व्यक्तिगत कागजात पठाउन लगाई विभिन्न बैंक खातामा पटक–पटक गरी करिब ९० लाख रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा गुरुङलाई बुधबार पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै