नेपाल प्रहरीमा ४०० भन्दा बढी प्राविधिक पदमा भर्ना खुला – Sagarmathapana:: Online News Portal

नेपाल प्रहरीमा ४०० भन्दा बढी प्राविधिक पदमा भर्ना खुला

   २०८२ चैत्र २० गते  

काठमाडौं-“नेपाल प्रहरी”ले प्राविधिकतर्फ ४०० भन्दा बढी पदमा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक (DSP), प्रहरी निरीक्षक (Inspector), प्रहरी नायव निरीक्षक (Sub-Inspector), प्रहरी सहायक निरीक्षक (ASI) तथा प्राविधिक प्रहरी जवान पदका लागि आवेदन आह्वान गरिएको हो।

प्रहरीका अनुसार इन्जिनियरिङ समूहअन्तर्गत कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक तथा अटोमोबाइल क्षेत्रमा जनशक्ति माग गरिएको छ। साथै, विधि विज्ञानतर्फ बायोलोजी र रसायन विषय तथा स्वास्थ्य सेवातर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए लगायतका पदमा समेत आवेदन खुलाइएको छ।

सूचनाअनुसार प्राविधिक प्रहरी जवान पदमा २८० जना माग गरिएको छ भने अधिकृत तथा सहायक स्तरका अन्य पदहरूमा १२९ जनाका लागि भर्ना खुलाइएको छ।

दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, निरीक्षक, नायव निरीक्षक र सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ। त्यस्तै, प्राविधिक प्रहरी जवान पदका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सकिने प्रहरीले जनाएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले तोकिएको म्यादभित्र आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै