त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको आकस्मिक अनुगमन,सेवामा सुधारको कडा निर्देशन
काठमाडौं-सुधन गुरुङ नेतृत्वमा गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा सेवासम्बन्धी गुनासो बढेपछि आकस्मिक अनुगमन गरेको छ।
अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ। विशेषगरी विदेशबाट फर्किएका नेपाली नागरिकले विमानस्थलमै अनावश्यक झन्झट र दुःख भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।


गृहमन्त्रीले सामान्य सामानमा अनावश्यक जाँच नगर्न, प्रक्रियालाई छिटो, सरल र पारदर्शी बनाउन निर्देशन दिँदै सेवा प्रवाहमा सुधार ल्याउन आग्रह गर्नुभयो।
उहाँका अनुसार नागरिकमैत्री सेवा सुनिश्चित गर्न विमानस्थल प्रशासन र सुरक्षा निकायलाई जवाफदेही बनाइनेछ।
यस कदमलाई पछिल्लो समय बढ्दै गएको सेवाग्राही असन्तुष्टि सम्बोधन गर्ने सकारात्मक पहलका रूपमा हेरिएको छ। साथै, यसले विमानस्थल सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।















