फेरी बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्यो – Sagarmathapana:: Online News Portal

फेरी बढ्यो इन्धनको मूल्य : पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्यो

   २०८२ चैत्र १९ गते  

काठमाडौं ।“नेपाल आयल निगम”ले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ।निगमले पेट्रोल,डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको जनाएको हो।

नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य पनि समान रूपमा बढेको छ। निगमका अनुसार संशोधित मूल्य चैत २० गते मध्यरातदेखि लागू भएको हो।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि तथा आपूर्ति लागत बढेकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ। पछिल्लो मूल्यवृद्धिसँगै सर्वसाधारणको दैनिक खर्चमा थप भार पर्ने देखिएको छ भने यातायात भाडा र बजार मूल्यसमेत प्रभावित हुने अनुमान गरिएको छ।

सरकारले मूल्य नियन्त्रण तथा उपभोक्तालाई राहत दिने उपायहरू अवलम्बन गर्नुपर्ने माग पनि चुलिँदै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै