अमेरिकी दूतावासको सहकार्यमा ‘Scaling Innovation Dialogue Series’ सम्पन्न, २० स्टार्टअपलाई लगानीयोग्य बनाउने प्रयास – Sagarmathapana:: Online News Portal

अमेरिकी दूतावासको सहकार्यमा ‘Scaling Innovation Dialogue Series’ सम्पन्न, २० स्टार्टअपलाई लगानीयोग्य बनाउने प्रयास

   २०८२ चैत्र १९ गते  

काठमाडौं।U.S. Embassy Nepal ले Aadyanta AdvisoryAmCham Nepal सँगको सहकार्यमा ‘Seeding and Scaling Innovation’ परियोजनाअन्तर्गत सञ्चालन गरिएको Scaling Innovation Dialogue Series सफलतापूर्वक सम्पन्न गरेको छ।

चार चरणमा सञ्चालन गरिएको उक्त श्रृंखलाले नेपाली स्टार्टअपहरूलाई सशक्त बनाउने, प्रविधि क्षेत्रको विकासमा टेवा पुर्‍याउने तथा अमेरिका–नेपालबीच व्यापारिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेको थियो। कार्यक्रममा नेपाली उद्यमीहरूलाई अमेरिकी कम्पनीहरूसँग जोड्दै मेंटरशिप, विज्ञ नेटवर्क र सिकाइका अवसरहरू प्रदान गरिएको थियो।

कार्यक्रममार्फत २० वटा सम्भावनायुक्त स्टार्टअपहरूले प्रारम्भिक अवधारणाबाट अघि बढ्दै लगानीयोग्य तथा विस्तारयोग्य व्यवसायमा रूपान्तरण हुने अवसर पाएका छन्। विशेषगरी कोचिङ, कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी सिकाइ र लगानीकर्तासँगको प्रत्यक्ष संवादमा जोड दिइएको थियो।

यस अवसरमा सार्वजनिक मामिला प्रमुख Mike Harker ले सहकार्यमार्फत पूँजी पहुँच विस्तार र नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्न सहयोग पुगेको बताए। उनले बलियो नेपाली प्रविधि क्षेत्रले देशमै रोजगारी सिर्जना गर्नुका साथै अमेरिकी व्यवसायका लागि पनि नयाँ साझेदारी र व्यापारिक अवसर खुल्ने उल्लेख गरे।

उनका अनुसार नेपालको डिजिटल अर्थतन्त्र निर्माणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ र त्यसमा अमेरिका सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै